नियम ४
सदस्यहरुको पारिश्रमिक, सेवाका शर्त र सुविधा
(१) अध्यक्ष र सदस्यहरुको पारिश्रमिक, सेवाका शर्त र सुविधाहरु क्रमशः पुनरावेदन अदालतका मुख्य न्यायाधीश र पुनरावेदन
अदालतका न्यायाधीश सरह हुनेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि पुनरावेदन अदालतको न्यायाधीश अध्यक्ष रहेको वा वहालवाला कर्मचारी सदस्य रहेकोमा त्यस्तो अध्यक्ष वा सदस्यलाई इजलाश बसेको दिनको निमित्त नेपाल सरकारले तोके बमोजिमको भत्ता मात्र दिइनेछ ।